News

कुलमानलाई पुन: नियुक्त गर्ने कुनै निर्णय भएको छैन, नभएको नियुक्तिका लागि बधाइको ओइरो

काठमाडौं ।सामाजिक सञ्जालमा नेपाल बिद्युत प्राधिकरणका सिईओ कुलमान घिसिङलाई दोस्रो कार्यकालका लागि पुन नियुक्ति गर्ने बारे कुनै निर्णय नभएको उर्जामन्त्री बर्षमान पुनले बताएका छन् । मन्त्री पुनले घिसिङको कार्यकाल लम्ब्याउनेबारे मन्त्रिपरिषदमा कुनै प्रस्ताव समेत नलगिएको बताए ।मन्त्रिपरिषद्को बैठक जारी रहेपनि यसबारे एजेण्डा नरहेको बताईएको छ ।कुलमानको पुन कार्यकाल थपिएको भन्दै सामाजिक सञ्जालमा खुसीयाली छाएको छ । यतिबेला फेसबुक लगायतका सामाजिक सञ्जालहरु कुलमानलाई दिईएका बधाई र शुभकामनाका सन्देशहरुले रंगिएका देख्न सकिन्छ ।

समाजिक सञ्जालहरुमा कुलमानले बधाइ पाइरहेका छन्। तर, जतिबेला उनको पुनर्नियुक्तिको समाचार प्रकाशित भयो त्यतिबेला मन्त्रिपरिषदको बैठक भर्खर शुरु भएको थियो। उर्जा मन्त्री वर्षमान पुनले पनि कार्यकारी नियुक्ती सम्बन्धी कुनै प्रस्ताव मन्त्रिपरिषदमा नलिएको बताइसकेका छन्। अथवा मंगलबार कुलमानबारे कुनै निर्णय भएको छैन। तर, सामाजिक सञ्जालमा भने उनले लगातार बधाइ पाइरहेका छन्। कुलमान प्राधिकरणको सिईओ नियुक्त, हुनुपुर्व नेपालमा चर्को लोडसेडिङ थियो । उनी आएपछि अध्यारोबाट नेपाल उज्यालो बनेको थियो ।उनको कार्यकाल यही भदौ २९ गते सकिँदैछ ।

Related Articles

Back to top button