News

नेपालमा आज थप ८५५ जनालाई कोरोना पुष्टि

९ भाद्र २०७७, मंगलवार काठमाडौं, नेपालमा आज थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभरिका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा विभिन्न जिल्लामा गरि थप ८५५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय

श्रोतले जानकारी दिएको छ ।त्यस्तै पछिल्लो २४ घन्टामा काठमान्डौ उपत्यकामा थप २३२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार काठमाण्डौ, ललितपुर र भक्तपुरमा गरि सो संख्या कोरोना संक्रमित थपिएका हुन् ।

उनका अनुसार आज थपिएका संक्रमितहरु काठमान्डौका १९९ जना , ललितपुरका १९ जना र भक्तपुरका १४ जना रहेका छन् ।यो सहित संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको छ। २४ घण्टामा ३१३ जना कोरोना जितेर डिस्चार्ज

भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ। मन्त्रालयका अनुसार सात जिल्लामा ५ सय बढी संक्रमित रहेका छन् ।मोरङ, पर्सा, बारा सर्लाही, रौतहट, महोत्तरी र काठमाडौंमा ५ सय बढी संक्रमित छन्।

Related Articles

Back to top button