News

विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरु होटल क्वारेन्टाइनमा बस्नु पर्दैन: मन्त्री भट्टराई

काठमाडौँ — संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने बताएका छन् ।विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर

रिपोर्ट नेगेटिभहरु सिधै घर जान पाउने स्पष्ट पारेका हुन् ‘पीसीआर गरेका यात्रुहरुले सरकारले वेबसाइटमा राखेको फर्म भर्नुपर्छ । नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ,’ मन्त्री भट्टराईले भने,’नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टाइननमा बस्ने प्रतिबद्धतासहित घर जान दिइन्छ ।’

सरकारले विभिन्‍न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्‍वारेन्टाइनमा ७ दिन राख्‍ने निर्णय गरेको थियो । मन्त्री भट्टराईले कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट

नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्‍वारेन्टाइनमा बस्‍नु नपर्ने बताए । पीसीआर परीक्षण सहज नभएका मुलुकहरुका लागि उद्धार उडान गरिने उनले बताए ।

Related Articles

Back to top button