News

केपी ओलीको आँट र साहस देखेर भारत हच्कियो – मन्त्री पद्‍मा अर्याल

पी शर्मा ओलीको नेतृत्वमा नेपालले लिपुलेक सहितको आफ्नो भूमि फिर्ता लैजान्छ भन्ने कुरा भारतले राम्रोसँग बुझेको छ, त्यसैले वार्ताका लागि चासो दिएको छैन’– भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा अर्याल ले एक अनलाइनको युट्युव च्यानलमा बोलेको कुरा हो ।

मन्त्री अर्यालको बुझाईमा ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आँट र साहसले भारत हच्किएको छ ।’ नयाँ मानचित्रमा समेटिएको लिपुलेक, लिम्पियाधुरा, कालापानी, कुटी, नाभी लगायत भूमि यही सरकारकै पालामा नेपालले भोगचलनमा ल्याउने पनि उनले दावी गरिन् ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा अर्याल
केपी ओली सरकार रहँदासम्म भारत वार्तामा बस्दैन ? भनेर सोध्दा अर्याल भन्छिन् ‘जब केपी ओली वार्ताको टेबलमा बस्नुहुन्छ, तब यो विषय टुंगिन्छ, ओलीले भूमि छोडनुहुन्न भन्ने कुरा भारतले मज्जाले बुझेको छ, त्यसैले वार्तामा बस्न आनाकानी गरिरहेको छ ।’

वातावरण नै बन्न नदिने, विथोलिरहने, हल्लाखल्ला गरिदिने लगायत कारणले वार्ता प्रभावित भएको बताउँदै उनले भनिन् – ‘यही स्प्रिटमा काम गर्दै जाने हो भने यही सरकारकै पालमा हामीले भूमिको उपयोग गर्छौ ।’

नेपालले नेपालमाथि न्याय गर्दा अरु कसैले टाउको दुखाउने नपर्ने मन्त्री अर्यालले बुझाई छ । ‘हामीले हामीलाई न्याय गर्दा अरु कसैले टाउको दुखाउन पर्दैन, हामीमाथि अन्याय भएको थियो हामीले मानचित्र जारी गरेर न्याय गरेका हाैँ, विगतमा छुटेको हाम्राे भूभाग फिर्ता ल्याउँदा कोही रिस्सीनुपर्दैन, हामीले कसैको नोक्सानी गरेका छैनौँ’।

Related Articles

Back to top button