News

दुबईमा रोकिएका २६२ नेपाली काठमाडौं आइपुगे

अन्तिम समयमा गरेको निर्णयले दुबईमा रोकिएका २ सय ६२ नेपाली उद्धार उडानमार्फत् आज स्वदेश फर्किएका छन्। चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो।

गत १८ अगष्टका लागि दुबईबाट काठमाडौंका लागि तय गरिएको उडानमा अन्तिम समययमा यात्रुलाई काठमाडौंमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगित गरेको थियो। टिकट काटेर घर फर्कन विमानस्थल पुगेका नेपालीहरु विदेशमै अड्किएका थिए भने विमान रित्तै फर्किएको थियो ।

सरकारको यो कदमको तिब्र आलोचना भएपछि आज नेपाल एयरलाइन्सको विमान दुबई पठाएर अड्किएका नेपालीहरुको उद्दार गरिएको हो ।

दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ। निगमको जहाजले दुबईबाट २६२ यात्रु र दुई बच्चा काठमाडौँ ल्याइएको बताइएको छ ।

Related Articles

Back to top button