News

२४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृ’त्यु

काठमाडौं, नेपालमा पछिलो २४ घन्टामा थप ३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।झापामा १ , पर्सामा १ र सलाहिमा १ जना गरि ३ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै नेपालमा आज थप ८१८ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिलो २४ घन्टामा देशका भिभिन्न जिल्लामा थप ८१८ जना कोरोना संक्रमित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २२० महिला ५९८ पुरुष गरी २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।त्यस्तै विगत २४ घण्टामा २ सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएको उनले जानकारी दिए। यीसहित हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट निको भएका छन्। विगत २४ घण्टामा ८ हजार २६ जनाकाे पिसिआर परीक्षण भएकाे छ। त्यस्तै काठमान्डौमा १२६ जना , ललितपुरमा १२ जना र भक्तपुर २८ मा जना गरि काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोना पुष्टि भएको बताए ।

Related Articles

Back to top button