News

ओखलढुङ्गा जिल्लाको लिखु गाँउपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई कोरोना संक्रमण

ओखलढुङ्गा – जिल्लाको लिखु गाँउपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उपध्यक्ष ढुंगेल कोरोना रोकथामका लागि सचेतना फैलाउदै, क्वारेन्टाइन व्यवस्थापन गर्न र संक्रमितको उपचारको व्यवस्थापनमा खटिदै आउनुभएको थियो ।गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं जाँदा उहाँको स्वास्थ्यमा समस्या देखिएको हो । त्यसपछि उहाँको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेजिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।उपाध्यक्ष ढुंगेल होम आइसोलेसनमा बस्नुभइका छ ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । ’स्वास्थ्यमा खासै समस्या छैन । घरैमा बसेर आराम गरिरहेकी छु । छिट्टै कोरोनालाई जितेर गाउँपालिकाको काममा फर्किने छु’, उपध्यक्ष ढुंगेलले भन्नुभयो ।यसअघि जिल्लाका जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको थिएन । उहाँहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button