News

काठमान्डौ उपत्यकामा थप २१६ जनामा कोरोना पुष्टि

काठमाडौं, काठमान्डौ उपय्त्यकामा आज थप २१६ जनामा कोरोना पुष्टि भएको छ ।काठमाडौंमा १६० जना , भक्तपुरमा ५० जना र ललितपुर ६ मा जना गरि थप २१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै नेपालमा आज ६३४ जना लाई कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार १२ हजार ५८० जनाको पीसीआर परीक्षण भएकोमा ६३४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।सो मध्ये निको हुनेको संख्या १८ हजार ३५० रहेको छ ।शनिबार थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । पछिल्लो २४ घण्टामा १३६ जना डिस्चार्ज भए । अहिले ११ हजार ६५८ जना क्वारेन्टिनमा बसिरहेका छन् । सक्रिय संक्रमितमध्ये १३५ जना आइसीयू र १२ जना भेन्टिलेटरमा रहेका छन् ।

Related Articles

Back to top button