News

कांग्रेस नेता रामहरी खतिवडाको पहलमा रक्तस्राव नरोकिएकी सुत्केरीको हेलिकप्टरबाट ल्याइयो काठमाडौं

काठमाडौं। ओखलढुंगाको मिसन हस्पिटलमा सुत्केरी गराउने क्रममा भएको अप्रेसन पछि रक्तस्राव नरोकिए पछि मानेभञ्ज्याङ-०१ मोलिको पातली श्रेष्ठ राइलाई थप उपचार गर्न काठमाडौ ल्याइएको छ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले समन्वयमा गएको हेलिकप्टरले राईलाई उपचारका लागि काठमाडौं ल्याएको हो। खतिवडाको समन्वयमा महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयले हेलिकप्टर पठाएको हो। खतिवडाले थप उपचारको लागि काठमाडौं ल्याइएकी सुत्केरीको स्वास्थ लाभको कामना गरेका छन्।

निषेधाज्ञामा रक्तदान स्थगन नगर्न आग्रह

निषेधाज्ञा अवधिमा समेत रक्तदानका कार्यक्रम स्थगन नगर्न नेपाल रेडक्रस सोसाइटी कास्कीले आग्रह गरेको छ।बिरामीको उपचारका लागि अत्यावश्यक रगत मौज्दात कम हुँदै गएको र रक्तदानका कार्यक्रम स्थगन भइरहेकाले सोसाइटीले आवश्यक सुरक्षा उपाय र दूरी कायम गरी कार्यक्रम गर्न र कार्यक्रम नरोक्न विभिन्न संघसंस्थामा आग्रह गरेको हो।

भदौ १ गते यताका सबै कार्यक्रम स्थगन भएपछि रक्तसञ्चार केन्द्रमा आगामी दुई/तीन दिनलाई पुग्ने बाहेक रगत नरहेकाले कार्यक्रम आयोजना गर्न र दुई वा दुईभन्दा बढी व्यक्तिले रक्तदान गर्न चाहेमा सम्बन्धित व्यक्ति रहेकै ठाउँमा रक्त सङ्कलन एम्बुलेन्समार्फत् रक्तदानको प्रबन्ध मिलाइएको रेडक्रसका मन्त्री धर्मराज अधिकारीले बताए।

त्यसैगरी व्यक्तिगतरूपमा रक्तदान गर्न चाहनेलाई प्रशासन तथा प्रहरीसँग समन्वय गरिएको र रक्तदातालाई कुनै पनि अवरोध नहुने भएकाले सुरक्षित तरिकाले क्षेत्रीय रक्तसञ्चार सेवासम्म लैजाने र फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

गण्डकी प्रदेशको राजधानी शहर पोखरासहित प्रदेशका विभिन्न जिल्लामा अहिले निषेधाज्ञा जारी गरिएको छ।गण्डकीका अन्य जिल्लाबाट समेत बिरामी रेफर भएर पोखरा आउने गरेकाले यहाँ रगतको माग उच्च रहने गर्दछ। पोखरामा दैनिक ७० युनिट रगतको माग हुने गरेको छ। रासस

Related Articles

Back to top button