Entertainment

नेपाली नायिकाको तीज : संचिता भन्छिन्, जे रोप्यो त्यही मिल्छ

हिन्दू नारीले आज हरितालिका तिज पर्व मनाउँदै छन् । नायिकाहरू आआफ्नै तरिकाले तिज मनाउने योजनामा छन् ।

पानी पनि नखाई व्रत बस्नुपर्ने मान्यतालाई भने नायिकाहरू पछ्याउनेवाला छैनन् । कति नायिका पानी र जुस मात्र खाएर व्रत बस्ने योजनामा छन् भने केहीचाहिँ फलफूलसम्म खाने बताउँछन् ।

केहीचाहिँ व्रत नबसे पनि दिदीबहिनीसँग रमाइलो गरेर तिज मनाउने सुरमा छन् । व्रत बसे पनि स्वास्थ्यलाई ख्याल गर्नुपर्ने बताउँछन् अधिकांश नायिका

नेपाली महिलाहरुको महान् पर्व तीजको अवसरमा नेपाली चलचित्रका नायिकाहरु पनि ब्रत बसिरहेका छन् ।

विवाहित र अविवाहित नायिकाहरु राती सारीमा सजिएका छन् । नायिका संचिता लुइटेल पनि तीजको दिनमा ब्रत बसेकी छिन् ।
उनै, संचिताले सामाजिक संजालमा मनको भावना लेख्दै सबैसँग प्रेम र विश्वा बाड्न आग्रह गरेकी छिन् । संचिता लेख्छिन्–‘जे रोप्यो त्यही मिल्छ । श्रद्धा गर्यो श्रद्धा मिल्छ, विश्वास गर्यो विश्वास मिल्छ । प्रेम गर्यो प्रेममिल्छ, घृणा गर्यो घृणा नै मिल्छ ।’

उनले, प्रेम, विशवास र श्रद्धा छर्न सर्बसँग अपिल गर्दै तीजको शुभकामना दिएकी छिन् ।

चलचित्रको पर्दाबाट केही समयदेखि टाढा देखिएकी नायिका संचिता लुइटेल चलचित्र ‘आयो भैरव’मा काम गर्ने तयारीमा थिइन् । तर, लकडाउन र कोरोना भाइरसका कारण चलचित्रको काम रोकिएको छ ।

Related Articles

Back to top button