News

जीवन रक्षालाई उच्च महत्व दिन अनुरोध गर्दै प्रधानमन्त्री ओलीले दिए शुभकामना

जीवन रक्षालाई उच्च महत्व दिन अनुरोध गर्दै प्रधानमन्त्री ओलीले दिए शुभकामनाप्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिबीच मनाउनु परेकाले विज्ञको सल्लाह र सरकारको निर्देशनअनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन् ।

नेपाली हिन्दू महिलाको ठूलो पर्व हरितालिकाका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था नरहेकाले महामारीले सिर्जना गरेको सीमाभित्र रहेर मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्व दिन सबैमा विशेष अनुरोध गरेका हुन् ।

Related Articles

Back to top button