News

निषेधाज्ञा उल्लंघन गर्नेलाई होल्डिङ सेन्टरमा राख्दै

४ भदौ, काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले गएराति १२ बजेदेखि एक हप्तासम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा कार्यान्वयन गराउन सुरक्षाकर्मीहरुलाई सडकका चोक तथा गल्लीहरुमा परिचालन गरिएको छ ।निषेधाज्ञाको पालना नगर्नेहरुलाई दण्डित गर्ने चेतावनी उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले दिएका छन् ।तर नयाँ बानेश्वर चोकको विहानको दृष्य भने फरक थियो ।

त्यहाँ प्रहरीहरुले निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई केहीबेर होल्डिङ सेन्टरमा उभ्याएर छाडेका छन् । बानेश्वर चोकको सडक किनारमा होल्डिङ सेन्टर बनाइएको छ । जथाभाबी हिँडडुल गर्ने र पासविना सवारी साधन चलाउनेहरुलाई त्यहाँ व्यक्तिगत दुरी कायम राखी केहीबेर उभ्याउने र अबदेखि निषेधाज्ञा पालना गर्ने सर्तमा छाड्ने गरिएको हो ।

Related Articles

Check Also
Close
Back to top button