News

नेपालमा आज एकैदिन थपिए थप ६८१ जना कोरोना संक्रमित

काठमाडौं, नेपालमा आज थप ६८१ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयप्रवक्ताका अनुसार काठमाडौं उपत्यकामा बुधबार १ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै विगत २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ छ। विगत २४ घण्टामा ११ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ५ लाख ५४ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ

Related Articles

Back to top button