Horoscop

श्री बाग्लुङ कालिकाको दर्शन गर्दै भदौ ३ गते बुधवार (आज)को राशिफल हेर्नुहोस्

२०७७ साल भाद्रकृष्णपक्ष भादौ ३ गते बुधवार कुशेऔंशी (पितासम्मानदिवस) तिथि मघा नक्षत्र चन्द्रमा सिंह राशिमा ।

मेष राशि : घर परिवारमा कलको वातावरणले वा मातको स्वास्थ्यमा समस्या हुने कारणले गर्दा आर्थिक हानिको साथै मनमा असान्ति छाउने छ । यात्राको अवसर भने मिल्नसक्नेछ । व्यवसाय मध्यम हुनेछ ।

वृष राशि : आर्थिक पक्षराम्रो छ । फसेको धन वा कसैले सापटि लगेको धन पाउने समय छ । दाजुभाइ दिनिवैनी सँगको सम्वन्ध राम्रो भएर जानेछ । पराक्रवढ्नुका साथै ठुला व्यक्तिले प्रसम्सा गर्ने छन् ।

मिथुन राशि : बोल्दा विचार गर्नुहोला अन्यथा वोलीको कारण झगडाको सामना हुन सक्छ दात वा घाटिको स्वास्थ्य समस्या पनि देखापर्न सक्नेछ । आउदै गरेको धन रोकिन सक्छ । मन असन्तोष हुनेछ ।

कर्कट राशि : व्यत्तित्वको प्रभाव राम्रो हुनुका साथै अरुको मन सजिलै जित्न सकिनेछ । पराक्रम वढेर जानेछ । काममा प्रशम्सा प्राप्त हुनुका साथै पुरुस्कार हरु पाउन सक्नुहुनेछ । मन सम्मानमा वृद्धिहुनेछ ।

सिंह राशि : समय राम्रो छैन अर्थिक हानि वा वहुमुल्य सामान हराउन सक्छ । गरेको काममा वाधा अढ्चन देखा पर्न सक्नेछ । सामान्य स्वाथ्यमा पनि समस्या देखापर्न सक्छ ।

कन्या राशि : देश विदेश वाट लाभ लिन सक्ने समय छ दाजु वा दिदिको सहयोगले महत्वपूर्ण काम वन्नेछ । आर्थिक लाभसाथै काममा प्रसम्सा प्राप्त्हुनेछ । सहयोग गर्ने हरु भेट्न सक्नुहुनेछ ।

तुला राशि : गरेको काममा सफलता हात पर्ने छ । सहयोगर्ने व्यक्तिको कारण कामहरु वन्नेछन् । थोरै मेनतमा पनि ठुलो सफलता हातपर्ने छ । दिन राम्रो छ मन खुसिहुनेछ ।

वृश्चिक राशि : भाग्यमानी वन्नुहुनेछ । राकिएको काम वनेर जानुका साथै नँया पाटनर हरुकाममा आउने छन् । व्यपार व्यवसाय वाट राम्रो लाभ हातपर्नुहुनेछ । नयाँकाममा हातहाल्ने विचारमा हुनुहुन्छ भने समय राम्रो छ ।

धनु राशि : गुप्तविद्या प्राप्तहुनेछ । चोटपटकको सम्भावना छ सम्यमता अपनाउनुहोला । शत्रुको कारण काममा वाधा अड्चन आउनेछ । साथीभाइ सँगको सम्वन्धमा कुनै कुराले गर्दा झगडा पर्न सक्नेछ ।

मकर राशि : व्यपार व्यवसाय राम्रो हुनुका साथै आर्थिक लाभ सोचेभन्दा राम्रो हुने छ । दाम्पत्यजीवनमा भएको समस्या हटेर जनेछ । तथा दाम्पत्यजीवनको राम्रो सुखभोग गर्न पाउनु हुनेछ ।

कुम्भ राशि : शत्रु वृद्धिहुनुका साथै काममा वाधा पार्नेछन् सम्यमीत भएर काम गर्नुहोला । लगानि गर्नु पूर्व धेरै विचार गरेर मात्र गर्नु होला अन्यथा डुव्नसक्छ ।

मीन राशि : सन्तान सुख पाउने विद्यार्थीको लागि अध्यन क्षेत्र राम्रो भएर जानेछ । बुद्धि वढ्नुका साथै तपाइको वुद्धिको प्रसम्सा अरुले गर्ने छन् । प्रेममा पनि राम्रो भएर जानेछ ।

Related Articles

Back to top button