International

चिनियाँ कम्पनीले निर्माण गरिरहेको कोरोनाविरुद्धको खोपले पायो पेटेन्टको अनुमति

काठमाडौं । चिनियाँ कम्पनी क्यानसिनोले निर्माण गरिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले चीनमा पेटेन्टको अनुमति पाएको छ ।कम्पनीले निर्माण गरेको एड ५–एनकोभ खोपलाई चिनियाँ बौद्धिक सम्पत्ति नियामकले अगष्ट

११ मा पेटेन्टको अनुमति दिएका हुन् । चीनको सरकारी पिपुल्स डेलीले उल्लेख गरेअनुसार चीनले पहिलोपटक कोरोना खोपलाई पेटेन्टको अधिकार दिएको हो ।यद्यपि यसलाई वैज्ञानिक उपलब्धिभन्दा पनि व्यवसायिक उपलब्धि मानिएको छ ।विशेषज्ञहरुका अनुसार पेटेन्टको अनुमति पाएसँगै अब कसैले पनि यो खोपको नक्कल गर्न पाउँदैनन् ।

तर, क्लिनिकल परीक्षणमा अघि बढ्न पेटेन्टको अनुमति पाउनु अनिवार्य भने हुँदैन ।साउदी अरेबियाले अगष्ट महिनाको शुरुवातमा क्यानसिनोले निर्माण गरिरहेको खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण योजना बनाइरहेको बताएको थियो ।

क्यानसिनोले तेस्रो चरणको परीक्षणको लागि रुस, ब्राजिल र चिलीसँग पनि कुरा गरिरहेको छ ।कोरोना खोपलाई पेटेन्टको अनुमति दिइएको समाचारसँगै सोमबार क्यासिनोको शेयर हङकङमा १४ प्रतिशत र सांघाईमा ६ दशलमव ६ प्रतिशत बढेको छ ।

Related Articles

Back to top button