News

मृतकको संख्या १०० पुग्यो, वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृ ’त्यु

काठमाडौं-वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृ’त्यु भएको छ। गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा वीरगञ्ज वडा नं १२ का ६० वर्षीय पुरुषको मृ’त्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय पुगेको छ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई साउन २४ गते भर्ना गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदनकुमार उपाध्यायले बताए। उनमा २३ गते कोरोना पुष्टि भएको थियो।

उनको उपचारका क्रममा शुक्रबार राति मृ’त्यु भएको मेसु उपाध्यायले जानकारी दिए। डा उपाध्यायका अनुसार ती व्यक्ति उच्च रक्तचाप र मधुमेहका बिरामी थिए।

Related Articles

Back to top button