News

अब कोरोना परीक्षणको नतिजा आधा घण्टामै

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा आधा घण्टामै कोभिड –१९ को परीक्षण गर्न सकिने द्रुत परीक्षण सेवा सुरु भएको छ कोरोना सङ्क्रमण भएमा ४५ मिनेट र नभएका खण्डमा ३० मिनेटसम्मा नतिजा दिने मेसिन जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।

पीसीआर परीक्षणलाई तीव्रता दिन नेपाल सरकार, राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत उपलब्ध जिन एक्सपर्ट मेसिनलाई अपडेट गरी अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ-२ परीक्षण सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।

प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले शुक्रबार मेसिनबाट आफ्नै स्वाब परीक्षण गरी सेवा शुभारम्भ गरे । सामान्य पीसीआर परीक्षणको समयावधि ढिला हुँदा उपचार समस्या भएको गुनासो आइरहेको बेला यस यन्त्रबाट सहयोग मिल्ने मन्त्री बरालले बताए । -रासस

Related Articles

Back to top button