सुशान्त मृ’त्यु प्रकरण: आफैले बुनेको जालमा फसिन् रिया, गि’रफ्तार हुन सक्ने
सुशान्त सिंह राजपुत आत्मह’त्या केसमा उनकी कथित प्रेमिका रिया फस्दै गएको देख्न सकिन्छ। सुशान्तको १५ करोड रुपैयाँ हडपेर उनलाई आत्मसात गर्न उक्साएको आरोपमा सुशान्तका पिता के के सिंहले रियावि’रुद्द मु’द्दा दा’यर गरेका थिए। सुशान्तका पिताले रियासहित उनको भाइ, बुवा र आमा पनि आपसमा मिलेर उनको छोरालाई मर्न बाध्य पारेको आ’रोप लगाएका थिए।
यसै सिलसिलामा रिया लगायत उनको परिवार बयान दिनका निम्ति इडिको अफिस पुगिसकेको छ। आज रिया र उनको परिवारसँग साथमा वा अलगअलग सोधपुछ हुँदै छ। इडिको अफिसबाट एउटा सनसनीपूर्ण कुरा बाहिरिएको छ।
त्यो के भने सुशान्तको पैसा लिएको मामिलामा रिया र उनको सिएले दिएको बयान आपसमा मिलेको छैन। रियाले सुशान्तको पैसाको बारेमा सोध्दा आफूलाई केही याद नभएको बताएकी थिइन्। उनको सिएले भने करिब २ करोड ६३ लाख सुशान्तको खाताबाट रियाको खातामा ट्रान्सफर भएको बयान दिएका छन्।
साथै, सुशान्तको मृ’त्यपछि उनको कम्पनी जसमा रिया बोस छिन्। सो कम्पनीको आइ पि एड्रेस १७ पटक बदलिएको कुरा पनि सं’कास्पद छ। यसका अलावा रियाले आफ्नो अर्को मोबाइल जसमा महत्त्वपूर्ण कुरा हुनसक्ने अनुमान लगाइएको छ, सो मोबाइल पनि रियाले पुलिससँग लु’काएको बारेमा पनि रियासँग आज इडिको अफिसमा सोधपुछ गरिँदै छ।
यी सब कुरा हेर्दा रिया आफूले खनेको खाल्डोमा आफै फस्दै गएको मान्न सकिन्छ। रिया पु’लिसदेखि भाग्नु, पैसाको कुरा सोध्दा मौन रहनु, मोबाइल लुकाउनु आदि सम्पूर्ण कुराले रियालाई दोषी देखाउँछ। सूत्रका अनुसार आज साँझसम्म रिया गि’रफ्तार हुनसक्ने पनि अनुमान लगाउन सकिन्छ।