News

थप ५९४ जना कोरोना संक्रमित

काठमान्डौ, नेपालमा पछिलो २४ घन्टामा थप ५९४ जनामा कोरोना पुष्टि भएको छ ।देश भरिका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमले बताएका

छन। आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय १९ जनामा संक्रमण पुष्टि भएको बताएका छन ।संक्रमितमध्ये काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ जना छन्। उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।

पछिल्लो समय उपत्यकामा कोरोना सक्रमित बढ्दै गएका छन् । हिजो मात्रै उपत्यकाका १२७ जनामा कोरोना देखिएको थियो ।त्यस्तै पछिलो २४ घन्टामा २४० जना निको भएका छन् ।त्यस्तै नेपालमा पछिलो २४ घन्टामा थप ४ जनाको कोरोना संक्रमण बाट ज्यान गएको छ ।

Related Articles

Back to top button