Sport

२५ गते विहिवारको राशिफल हेर्नुहोस्

मेष राशि : घरायसी समस्या समाधान हुनेछ । दाजुभाइ दिदि बहिनी सँगको सम्वन्ध सुमधुर भएर जानेछ । दाजु भाइ सँग मिलेर गरेको कामले गतिरोध लिनेछ । विद्यार्थीको लागि अध्ययन क्षेत्र राम्रो देखिन्छ ।

मिथुन राशि : पिताजीको स्वास्थ्यलाइ लिएर केही समस्या हुने देखिन्छ । भाग्यमा आउदै गरेको वस्तु गुम्नेछ । व्यापार वा जागिरमा आरोप प्रत्यारोप लाग्न सक्छ । अरुलाइ विश्वास गर्नुपूर्व संम्यमता अप्नाउनु होला ।

कर्कट राशि : चोटपाटको सम्भावना छ । आफूसँग लागिरहेको रोगले अलिक बढी सताउने हुँदा अस्पतालसम्म पुग्नुपर्ने हुनसक्छ श्रीमान् वा श्रीमतीको बोलीको कारण झगडा हुन सक्छ विचार पुर्‍याउनुहोला ।

सिंह राशि : दाम्पत्य जीवन राम्रो हुने तथा मत मतान्तर कम भएर जानेछ । प्रेमिका सँग भने कुनै पुरानो कुराले समस्या दिलाउन सक्छ । पाटनर सग मिलेर गरेको काममा राम्रो फाइदा पुग्नेछ । मन प्रसन्न हुने देखिन्छ ।

कन्या राशि : स्वास्थ्य राम्रो हुनेछ । घरपरिवारमा मांगलिक कार्यको सल्लाह हुनेछ । अविवाहितको लागि यो समयमा कुरा आउने वा प्रेमलाइ विवाहमा परिणत गर्नेहरुको लागि राम्रो समय छ । मुद्दा मामिला आफ्नो पक्षमा आउने छ ।

तुला राशि : सन्तानको सुखपाउने समय छ । विद्यार्थीको लागि राम्रो समय छ । इलेक्ट्रीक काममा लग्ने व्यत्तिको लागि राम्रो समय छ । सापटी लगेको पैसा फिर्ता आउने देखिन्छ ।

वृश्चिक राशि : मन असान्त हुनेछ । आमाको स्वास्थ्यमा समस्या देखिने छ । गाडी वा वाइक वाट भने दुःख पाउन सकिन्छ । छाती वा घाँटीको समस्या देखा पर्नसक्ने छ ।

धनु राशि : प्रशंसा प्राप्त गर्न सक्नुहुनेछ । घर परिवार सुखमय वातावरण वन्नेछ । पुरानो साथिभाईसंगको कुराकानीले मनमा खुशी प्राप्त हुने तथा खानपिनमा विचार गर्नुहोला अन्यथा पेट सम्बन्धि समस्या आउन सक्छ ।

मकर राशि : धन हानीको समय छ । बोल्दा विचार गर्नुहोला अन्यथा झगडा पर्ने छ । अचल सम्पतिको किनवेच हुन सक्छ ।

कुम्भ राशि : व्यत्तित्वको प्रभाव राम्रो हुने छ । नयाँ कामको थालनी हुन सक्छ । दाम्पत्य जीवन राम्रो हुने तथा स्वस्थ्य समस्याले पिरोली रहेको थियो भने कम भएर जानेछ ।

मीन राशि : अनावस्यक दुःख पाउने योग छ । मनका धेरै कुरा खेल्नाले मन अशान्त हुनेछ । वहुमुल्य सामान हराउन सक्छ विचार गर्नुहोला ।

यो राशिफल ज्योतिष जीवन पौडेलले तयार पार्नुभएको हो । पौडेल केटीएम दैनिक

Related Articles

Back to top button