News

सञ्जय दत्तको

काठमाण्डौं, साउन २९ । एजेन्सी बलिउड अभिनेता सञ्जय दत्तका श्रीमती मान्यता दत्तले सञ्जय दत्त चाँडै निको हुन् भनेर प्रार्थना गरिरहेका सबैलाई धन्यवाद दिएकी छिन् । उनले बुधबार जारी गरेको आफ्नो बयानमा यस्तो वताएकी हुन् ।

मान्यताले भनिन्, ‘म सञ्जुका प्रशंसकलाई यो आग्रह गर्न चाहन्छु कि तपाईंहरु कुनै पनि अफवाह र अड्कलबाजीमा नफस्नुहोस् । म चाहन्छु कि तपाईंहरुले सधैं यसैगरी आफ्नो प्रेम, आत्मियता र समर्थन प्रदान गरिरहनुहोस् । पछिल्लो केही वर्षदेखि हाम्रो परिवारले विभिन्न समस्या झेलेको छ र मलाई पूर्ण विश्वास छ कि यो समय पनि बित्नेछ । सञ्जु र हाम्रो परिवार सधैं योद्धाको रुपमा उभिएका छन् । भगवानले एकपटक पुनः हाम्रो अगाडि चुनौती खडा गरेर हामो परीक्षा लिने निर्णय गरेको छ ।’

साथै उनले भनिन् ‘यतिबेला हामीलाई तपाईंको आशिर्वाद र प्रार्थनाको आवश्यकता छ । तपाईंको मद्दतले हामी सधैं झैं बिजेता बनेर आउनेछौं । यो मौकाको प्रयोग सकारात्मकता फैलाउनका लागि गर्नुहोस् ।’

यसअघि सञ्जय दत्तले मंगलबार इन्स्टाग्राममा सेयर गरिएको आफ्नो पोस्टमा उनी उपचारका लागि कामबाट ब्रेक लिन लागेको जानकारी दिएका थिए

Related Articles

Back to top button