News

सिरहाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुष रहेका छन् । उनको बिहिबार राति कोशी अस्पतालको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा श्वासप्रश्वास र निमोनियाको समस्या रहेको बताइएको छ ।उनी मंगलबार राति आइसोलेसनमा भर्ना भएका थिए ।

निमोनिया पनि भएका उनमा कोरोनाको लक्षण देखिएपछि बिहिबार कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएको थियो उनको प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । उनको कोरोनाबाट मृत्यु भएको बारे स्वास्यथ् मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ

Related Articles

Back to top button