News

सिन्धुपाल्चोकबाट

सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा भी’षण पहिरो गएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्प’र्कविहिन रहेका छन् । पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयले सम्पर्क’विहिनहरुको खोज र उ’द्धार गर्न सकेका छैनन् ।

भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धा’रमा कठिनाइ भएको हो ।

स्थानीयहरु उ’द्धार गर्न जानसक्ने अवस्थामा छैनन् , नजिकै कुनै गाउँ नभएको र प्रहरीपनि पुग्न नसकेकाले उ’द्धारमा समस्या भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव प्रसाद काफ्लेले कातिकेबाट प्रहरी उ’द्धारका लागि गएपनि लामो बाटो पार गर्नु परेकाले घ’ट’नास्थल पुग्न समय लाग्ने बताउनुभयो ।

उक्त ठाउँमा मानिस हिडेर पुग्न सम्भव नभएकाले हेलिकप्टरबाट उ’द्धार गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

घरहरु ब’गाएर बलेफि खोलासम्म ल्याएको छ । थप विवरण आउन बाँकी

Related Articles

Back to top button