News

हेलिकप्टर चार्टर गरेर काठमाडाैँ आए मेयर, पीसीआर गर्दा देखियो कोरोना

३० साउन, काठमाडाैँ – पर्साका एक जना मेयरमा कोरोना संक्रमण पुष्टि भएकाे छ । पर्सागढी नगरपालिकाका मेयर लोक नारायण यादवमा कोरोना संक्रमण पुष्टि भएको हो।

फेसबुकमार्फत जानकारी दिँदै उनले आफूमा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । यादवले उल्लेख गरेअनुसार काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत रहेका उनले सोमबार पीसीआर गरेका थिए । त्यसमा नतिजा पोजेटिभ देखिएको हो

कोरोनासँग मिल्दो लक्षण देखिएका मेयर यादव २६ गते हेलिकप्टर चार्टर गरेर उपचारको लागि काठमाडौँ आएका थिए

अहिले मेयर यादवकाे अवस्था सुधारोन्मुक रहेको समेत जानकारी दिएका छन् ।

Related Articles

Back to top button