News

पसलहरु

काठमाडौं । कोरोना संक्रमितहरु बढ्दै गएपछि कलंकी चोककका पसलहरु बन्द गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा कोरोना भाइरसका संक्रमित बढ्दै गएको भन्दै पसलहरू बन्द गरिएका हुन् ।

महानगरी प्रहरी वृत्त, कालिमाटीका डिएसपी रूगम कुँवरका अनुसार विशेषगरी कलंकी चोकका पसलहरू बन्द गरिएको छ ।
बिहीबार बिहानैदेखि स्थानीय क्लब, वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा अत्यावश्यक बाहेकका पसल, होटल, रेस्टुरेन्ट लगायतलाई बन्द गरिएको हो ।

उनका अनुसार वडा नम्बर १४ मा २५ जनाभन्दा बढी संक्रमितहरू भेटिएका छन्।

प्रहरीले अत्यावश्यक खाद्यान्न, पानी, औषधिका पसल भने खोल्न दिएको छ । त्यस्तै, प्रहरीले अनावश्यक रूपमा हिँड्डुल समेत नगर्न अनुरोध गरेको छ।

Related Articles

Back to top button