News

कोरोनाबाट जनकपुरका पूर्व मेयर कृष्ण गिरीको मृत्यु

जनकपुर नगरपालिकाका पुर्व मेयर एवं व्यवसायी कृष्ण गिरीको कोरोना संक्रमणबाट नि’धन भएको छ । मेडिसिटी अस्पताल ललितपुरमा उपचार गराइरहेका जनकपुरधामका पूर्व मेयर गिरीको नि’धन भएको छ। उनको गए राति १२ बजे नि’धन भएको हो।

७२ वर्षीय गिरीलाई म’स्तिष्कघात भएपछि ९ साउनमा मेडिसिटी अस्पताल भ’र्ना गरिएको थियो। जनकपुरमा नै म’स्तिष्कघात भएका उनलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।

मेडिसिटीस्थित सघन उपचार कक्ष (आईसीयू) मा उनको उपचार भइरहेको थियो। उपचारका क्रममा उनलाई कोरोनाभाइरस संक्रमणसमेत भएको पत्ता लागेको थियो।

उनी जनकपुरको होटल रामाका सञ्चालक पनि थिए। उनका श्रीमती र दुई छोरा छन्।

Related Articles

Back to top button