News

काठमाडौं उपत्यकामा एकैदिन १ सय ३४ जनामा देखियो कोरोना

काठमाडौं उत्यकामा पहिलोपटक एकैदिन १ सय ३४ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय ३४ जनामा संक्रमण पुष्टि भएको जनाए।

संक्रमितमध्ये काठमाडौंका ११०, ललितपुरका १६ र भक्तपुरका ८ जना छन्।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।

यो अहिलेसम्म उपत्यकामा एकैदिन देखिएको धेरै संक्रमित संख्या हो।

आजै मात्र कोरोनाका ६ सय ३८ संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ।

त्यस्तै, ८३ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।

Related Articles

Check Also
Close
Back to top button