News
अस्पतालका
धनुषा । कोराना सकंमणबाट अस्पतालका सुरक्ष गार्डको मृत्यु भएको छ । धनुषाको जनकपुरस्थित विनय तारा फाउण्डेशन अस्पतालका सुरक्षा गार्डको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ।
हिजो मृत्यु भएका स्वास्थ्य अवस्था बिग्रेर मृत्यू भएको उनलाई कोरोनाको लक्षण आशंका गरिएको थियो । धनुषाको मिथिला बिहारी नगरपालिका–५ का पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा आज आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले जानकारी दिनुभयो । उनको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिसकिएको उहाँले बताउनु भयो ।