कहालीलाग्दो बन्यो ब्राजिल, अस्पतालका कोठादेखि सडक पेटीसम्मै शव
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको तीव्र संक्रमणले ब्राजिलमा १ लाखभन्दा बढीको मृ’त्यु भएको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमण ब्राजिलमा छ ।ब्राजिलमा पछिल्लो २४ घण्टामा ८ सय ४१ जनाले ज्यान गुमाएसँगै मृ’त्यु हुनेको संख्या १ लाख ५ सय ४३ बढी पुगेको छ ।
एकैदिन ४६ हजार ३ सय ५ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३० लाख १३ हजार ३ सय ६९ बढी पुगेको छ । संक्रमितमध्ये २० लाख ९४ हजार २ सय ९३ जना संक्रमित उपचारपछि निको भएका छन् ।
ब्राजिलमा कोरोनाले मृ’त्यु हुनेको संख्या नरोकिदा शव व्यवस्थापनमा पनि निकै समस्या देखिएको छ ।अस्पतालका खाली कोठा र पार्किङ स्थलमै शव राखिएका छन् ।
काेराेनाबाट ज्यान गुमाउने ४२ हजार बढि, हेर्नुस् ताजा अपडेट यस्तो छ…
बिश्वभरी फैलिएको को’रोना भा’इरसका कारण मृ’त्यु हुनेको संख्या विश्वभर ४२ हजार नाघेको छ। हिजो एकैदिन ४ हजार ३ सय ३४ जनाको मृ’त्यु भएसँगै कोरोना भाइरसका कारण विश्वभर मृ’त्युहुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ।
पछिल्लो समय ब्यापक रुपमा फैलिइरहेको कोरोना भाइरसका कारण अमेरिकामा मात्रै हिजो एकैदिन ७ सय १९ जनाको ज्या’न गएको छ। २३ हजार ५ सय ५५ जना नयाँ संक्र’मित भेटिएका छन्।
अमेरिकामा हालसम्म १ लाख ८७ हजार ३ सय ४७ जना संक्रमित हुँदा ३ हजार ८ सय ६० जनाको मृ’त्यु भएको छ। यस्तै इटालीमा हिजो एकैदिन ८ सय ३७ जनाको मृ’त्यु भएको छ। इटालीमा १ लाखभन्दा बढी मानिसमा संक्रमण फैलिदा १२ हजार ४ सय २८ जनाको मृ’त्यु भएको छ।
स्पेनमा कारोना संक्रमणका कारण थप ७ सय ४८ जनाको मृत्यु भएसँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ। यस्तै जर्मनिमा थप १ सय ३०, फ्रान्समा ४ सय ९९, इरानमा १ सय ४१, बेलायतमा ३ सय ८१ तथा नेदरल्याण्डमा १ सय ७५ जनाको मृ’त्यु भएको छ।
छिमेकी देश भारतमा हिजो थप ३ जनाको मृ’त्युभएसँगै हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ। १ सय ४६ जना नयाँ संक्रमित भेटिएका छन्। तर कोरोनाको उद्गमस्थल चीनले भने भाइरसलाई संक्रमण शून्यमा झारेको छ। चीनमा हिजो कुनैपनि नयाँ संक्रमित नभेटिनुका साथै मानिसको ज्यान समेत गएको छैन।