News

बलिउड अभिनेता अभिषेक बच्चनले जिते कोरोना

एजेन्सी। बलिउड अभिनेता अभिषेक बच्चन कोरोना मुक्त भएका छन्। शनिबार गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आए सँगै उनी कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका हुन्।

अभिषेकको रिपोर्ट नेगेटिभ आएको आफैले जानकारी दिएका छन्। उनले भनेका छन्, ‘मैले बाचा गरेको थिए, यसलाई हराउँछु भनेर।’ अभिषेकले कोरोना रिपोर्ट नेगेटिभ आएपछि आफ्ना समर्थक, अस्पतालका डाक्टर र नर्सहरूलाई धन्यवाद दिएका छन्।

कोरोना सङ्क्रमण भएपछि गत असार २७ गते आफ्ना पिता अमिताभ बच्चनसँगै मुम्बईस्थित ननावती अस्पतालमा अभिषेक भर्ना भएका थिए। उनीसँगै सङ्क्रमित भएका उनकी श्रीमती ऐश्वर्या राय र उनकी छोरी आराध्याले पनि कोरोना जितिसकेका छन्।

ऐश्वर्या र आराध्या श्रावण १२ गते अस्पतालबाट डिस्चार्ज भएका थिए भने अमिताभ बच्चन श्रावण १८ गते अस्पतालबाट डिस्चार्ज भएका थिए। योसँगै बच्चन परिवारले कोरोना जितेको छ।

Related Articles

Back to top button