News

प्रचण्डको निवासमा

काठमाडौं । काठमाडौंमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । काठमाडौंमा विशिष्ट ब्यक्तिसंग सम्बन्ध भएकाहरु कोरोना संक्रमित हुन थालेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास सुरक्षार्थ ६ जना प्रहरीलाई कोरोना पुष्टि भएको छ।

यस अघि सभामुख अग्नी सापकोटाको सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको थियो । तर अग्नी सापकोटाको स्वाव परिक्षण गर्दा उनको परिणाम नेगेटिभ आएको थियो । प्रचण्डको परिवारका सदस्यसहित निवास र उनको सुरक्षामा तैनाथ प्रहरीको स्वाब लिएर गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि भएको हो। काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जोखिममा रहेकाहरुको परिक्षण बढाइन थालेको छ ।

सरकारी कार्यालय र विशिष्ट ब्यक्तिहरुको निवासमा पनि परिक्षण बढाइएको हो । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले परिवारका सदस्यसहित सुरक्षाकर्मीको पनि स्वाब परीक्षण गराउँदा ६ जनामा कोरोना देखिएको हो। सापकोटाका अनुसार सुरक्षाकर्मीहरुलाई कोरोना पुष्टि भए पनि प्रचण्ड परिवारका सदस्यहरुको भने रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।

उनका अनुसार निवासको सुरक्षामा बाहिरी घेरामा रहेका ६ जनालाई कोरोना पुष्टि भएको हो। पछिल्लो समय काठमाडौंसहित देशभर सामूहिकरुपमा बस्दै आएकाहरुलाई कोरोना देखिन थालेको छ। बुधबार मात्रै प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवमा पनि कोरोना देखिएको थियो। उनले काठमाडौंमा आएर गृहमन्त्री र प्रधानमन्त्रीसहितलाई भेटेर आइतवार जनकपुर फर्किएका थिए ।

प्रधानमन्त्री ओली लगायतलाई भेटेर फर्किएका कानुनमन्त्रीलाई कोरोना भएको पुष्टि प्रदेश २ मा उच्च पदस्थहरुलाई पनि कोरोनाले छोएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव पनि कोरोना संक्रमित भएका छन् । यस अघि एक जना मेयर पनि कोरोना पुष्टि भएर काठमाडौंमै छन् । कानुनमन्त्री यादवको कोरोनाको रिपोर्ट बुधवार आएको हो ।

बुधबार साँझ आएको कोरोना परीक्षण रिपोर्टअनुसार यादवमा कोरोना पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ। बुधबार मात्र आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै ८ जना कर्मचारी संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको थियो।

कोरोना संक्रमित भएपछि मन्त्री यादव आफ्नै घरमै आइसोलेसनमा बसेन छन्। झण्डै एक हप्ताअघि मन्त्री यादव काठमााडैंमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतसंग उच्चस्तरीय भेटघाट गरेर प्रदेश फर्किएका थिए।

Related Articles

Check Also
Close
Back to top button