News

बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा दुई चिकित्सक र तीन बिरामीमा कोरोना संक्रमण

काठमाडौं । काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका लागि भर्ना भएका तीन बिरामी, एक चिकित्सक र एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित बिरामीलाई पाटन अस्पतालको आइसोलेसनमा

पठाइएको र संक्रमित चिकित्सक, नर्स र ल्याबका कर्मचारीलाई अस्पतालकै आइसोलेसनमा राखिएको स्रोतले जनाएको छ ।गंंगालामा चिकित्सक, नर्स र बिरामीमा कोरोना संक्रमण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले पुष्टि गरेका छन् ।

दुई साताअघि पनि गंगालाल अस्पातलमा उपचाररत बिरामी र सुरक्षा गार्डमा कोरोना संक्रमण भएको थियो । त्यति बेला कन्ट्रयाक ट्रेसिङमा गंगालालसँगैको रेस्टुरेन्ट सञ्चालक र परिवारका तीन जना सदस्यमा समेत कोरोना संक्रमण प्रमाणित

भएको थियो ।बागलुङस्थित धौलागिरी अस्पतालकी नर्समा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।संक्रमण प्रमाणित भएकी नर्स आइसोलेसनमा राखिएको बिरामीको उपचारमा खटिएकी थिइन् । उनी धौरागिरी अस्पतालअन्तर्गत सञ्चालित धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा रहेका बिरामीको सेवामा खटिएकी थिइन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार डिउटीमा खटिएकी २५ वर्षीया नर्समा कोरोना संक्रमण देखिएको हो ।नर्समा कोरोना संक्रमण देखिएपछि धौलागिरी अस्पतालका ओपीडी सेवा बन्द गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोख्रेलले विज्ञप्ति नै निकालेर जानकारी दिएका छन् ।

Related Articles

Back to top button