Video

टेम्पो ’

काठमाडौं। रत्नपार्कको टेम्पो स्टेशन। जहाँ लस्करै ‘क्यु’मा बसिरहेका टेम्पोहरुको दृश्य देखिन्थ्यो। दृश्यले प्रस्ट बताउँथ्यो कि अधिकांश सिट खाली छन्। ड्राइभिङ सिटको झ्यालबाट

उदास भएर बाहिर नियालिरहेका चालकहरु देख्दा लाग्थ्यो- उनीहरु यात्रुको पर्खाइमा टोलाइरहेका छन्। सरकारले लकडाउन खोलेसँगै थन्किएर बसेका सार्वजनिक सवारीहरु चल्न थाले। त्यसयता चलेका सवारीमा चालकहरुले भोग्ने साझा समस्या बन्दै गएको छ- यात्रुहरुको अ’भाव।

यात्रुको पर्खाइमा स्टेशनमा रोकिइरहेकी महिला टेम्पो चालक विमला श्रेष्ठ चि’न्तित मुद्रामा देखिइन्। उनलाई हामीले सोध्यौं, ‘कति समय भयो कुरेर बस्नुभएको।’

‘एक घण्टा भयो,’ उनले जवाफ दिइन्।
‘कति कमाइ गर्नुभयो,’

बल्ल-बल्ल तीन सय। साहुलाई दिन पनि पुग्दैन,’ पी’डा बिसाउँदै उनले भनिन्, ‘ सरकारले ६ जनाभन्दा बढी नचढाउनु भनेको छ। तर, यति यात्रुबाट उठेको पैसाले त स्यानिटाइजर किन्न पनि पुग्दैन। यसरी लकडाउन खुल्नु भन्दा त भएकै बेस।’

भिडियो हेर्नुहोस

Related Articles

Back to top button