News

पर्सामा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ५९ पुग्यो

पर्सा– पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सोमबार मृत्यु भएकी १८ वर्षे युवतीमा कोरोना भाइरस पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको छ ।

पोखरिया–८ जगतपुर घर भएकी उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । योसँगै पर्सामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न बाँकी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ भने कोरोनाबाट २१ हजारभन्दा धेरै संक्रमित छन् ।

Related Articles

Back to top button