News

काठमाडौंकै अख्तियार कार्यालयमा १५ जना कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं । काठमाडौंमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएको छ । आयोगका १५ कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या थपिन थालेको छ । काठमाडौंमा संक्रमितको संख्या थपिन थालेपछि पिसिआर परिक्षणको दायरा बढाइएको छ । विभिन्न सरकारी कार्यालय, संस्संस्था र कोरोनाको जोखिम रहेका स्थानमा पिसिआर परिक्षण गरिएको छ । अख्तियारमा आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । त्यसको परिणाम आउँदा १५ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु अधिकांश प्रहरी कर्मचारी हुन् ।

अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । थप संक्रमितको कन्याक ट्रेसिङ सुरु गरिएको अख्तियार स्रोतको भनाइ छ । काठमाडौंमा सुरक्षाकर्मीहरु कोरोनाको जोखिममा बढी परेका छन् ।
यो अर्को समाचार, कोशी अस्पतालमा निधन भएका ब्यक्तिको रिपोर्ट नेगेटिभ
विराटनगरको कोशी अस्पतालमा मंगलबार बिहान निधन भएका पुरुषको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना आशंका गरेर निधन पछि कोशी अस्पतालकै प्रयोगशालामा स्वाब संकलन गरेर परीक्षण गराइएका उदयपुरको बेलका नगरपालिका९१ का ५५ वर्षीय वेदप्रसाद न्यौपानेमा कोरोना नदेखिएको हो । न्यौपानेलाई बेलकाबाट उपचारका लागि सोमबारराति विराटनगर ल्याइएको थियो ।

मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट टिचिङ अस्पतालमा भर्ना गर्न खोजिए पनि अस्पतालले पीसीआर परीक्षणको रिपोर्ट नभएको भन्दै भर्ना लिन नमानेपछि उनलाई कोशी ल्याइएको थियो । कोरोनाको आशंका गर्दै आइसोलेसनमा लगेर उपचारको तयारी गर्दै गर्दा उनको बिहान १ बजे निधन भएको थियो । केही दिनअघि उनलाई जण्डिसको समस्या देखिएको थियो ।

Related Articles

Back to top button