News
एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टिपछि नगरपालिका सिल
एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टिपछि नगरपालिका सिल
काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमण समुदायस्तरमा नै फैलिन थालेपछि त्रासको अवस्था सिर्जना भएको छ ।
विश्भर दिनहुँ हजारौँ मानिसहरुले ज्यान गुमाइरहेका बेला नेपालमा पनि संक्रमितसँगै मृतकको संख्या बढीरहेका बेला तराईका विभिन्न जिल्ला सहित काठमाडौँ उपत्यकामा कोरोनाको त्रास बढेको छ ।
यसैबिच पर्सापछि मोरङ कोरोना भाइरसको अर्को केन्द्रविन्दु बन्ने संकेत देखिएसँगै मोरङको रंगेली नगरपालिकामा एकै परिवारका १४ सहित २२ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिए ।
रंगेली नगरपालिकामा एकैपटक २२ जनामा संक्रमण पुष्टि भएपछि बजार क्षेत्र सिल गरिएको छ । एकै परिवारका १५ जना संक्रमित ब्यक्तिहरु २ साताअघि भारतबाट आएको बताइएको छ ।