Intresting

होन्डाको नयाँ ‘सिबी ३५० आरएस’ बाइक नेपाली बजारमा, कति पर्ला मूल्य?

काठमाण्डौं । होन्डाको नयाँ बाइक सिबी ३५० आरएस नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले आइतबार होन्डाको सिबी ३५० आरएस सार्वजनिक गरेको हो।

नेपालमा होन्डा सिबी मोडलका बाइकहरूले एक विशेष पहिचान बनाएको छ। नयाँ सिबी ३५० आरएसले पनि राम्रो बजार पाउनेमा

कम्पनी सकारात्मक छ। ३५० सिसी इन्जिन क्षमता भएको नयाँ सिबी ३५० आरएसमा आकर्षक रेट्रो लुक्स पाउन सकिन्छ।

बाइकमा एड्भान्स डिजिटल एनालगमिटर, डुअल च्यानल एबिएस, साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज, रियल टाइम माइलेजलगायतका विशेषताहरू पाउन सकिन्छ।

आधुनिक विशेषताहरू भएको यो बाइक दुई रंगमा उपलब्ध छ- कालो र रातोको मिश्रित टोन र रातो। कम्पनीले नयाँ सिबी ३५० आरएसको बजार मूल्य ७ लाख ७५ हजार रुपैयाँ तोकेको छ।

Related Articles

Back to top button