News

धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ट्रेलर सार्वजनिक

काठमाडौँ। धुर्मुस–सुन्तली फाउन्डेसनको निर्माणमा बनेको ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को निर्माण, निर्देशन, कथा, स्क्रिनप्ले र डाइलग रहेको छ ।

सुबिहानी फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा स्वयत्त योञ्जनको कोरियोग्राफी रहेको छ । मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्र सुदिप बरालले खिचेका हुन् ।

चलचित्रमा धुर्मुस सुन्तलीसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डङ्गोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमीला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य, सुशीला थापालगायतको अभिनय रहेको छ ।

लुम्बिनीकी प्रदेश सांसद वली एमालेमै फर्किइन्
काठमाडौँ । लुम्बिनी प्रदेश सांसद विमला वली नेकपा एमालेमा फर्किएकी छन् । केही दिनयता सम्पर्कविहीन भनिएकी लुम्बिनी प्रदेश सांसद विमला कुमारी वली खत्रीले आफू एमालेमा रहेको बताएकी छिन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफू एमालेको संसदीय दलमा नै रहेको जानकारी दिएकी छिन् । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेर माओवादी केन्द्र र एमाले ब्यूँताएपछि वलीले माअ‍ोवादी केन्द्र रोजेकी थिइन् ।

दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित सांसद वलीले विपक्षी गठबन्धनले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएकी छन् । उनले आफू सूर्य चिन्हबाट विजयी भएकाले एमालेमै रहने स्पष्ट पारेकी हुन् ।

आज लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनका बहुमत सांसदले हस्ताक्षर बुझाएका थिए ।

Related Articles

Back to top button