News

१०० रुपैयाँ रिचार्ज गर्दा २९ रुपैयाँ सरकारलाई कर

काठमाडौँ । दुरसञ्चार सेवामा सरकारले कर थप गर्दे आएपछि प्रविधिको विकाससंगै सस्तोमा सेवा उपभोग गर्ने सेवाग्राही मारमा परेका छन् ।

अब उपभोत्ताले मोबाइल सेवा उपभोग गर्दा २९ रुपैया बढी प्रत्यक्ष कर तिर्नुपर्ने छ । यही साउनबाट पोष्टपेड सेवाग्राहीले प्रत्येक बिलिङमा २ प्रतिशत स्वामीत्व शुल्क नामको कर तिर्नुपर्ने भएपछि मोबाइल सेवाका कर २९ प्रतिशत पुगेको छ ।

डा. युवराज खतिवडा अर्थमन्त्री भएपछि मात्र मोबाईल सेवामा दुई प्रकारका कर गरेर १५ प्रतिशतसम्म थप गरेका छन् । सय रुपैयाँको रिचार्जमा सुरुमा २ प्रतिशत स्वामित्व शुल्क लाग्ने छ। त्यस्तै १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क र १३ प्रतिशत मूल्य अभिबृद्धि कर लाग्छ। यो वर्ष भने सरकारले पोष्टपेड मोबाइलमा २ प्रतिशत कर थप गरेको हो।

यो बाहेक यो वर्षको आर्थिक ऐनअनुसार प्रत्येक सिमकार्ड खरिद गर्दा सुरुमा २ प्रतिशत शुल्क पनि लाग्छ। मोबाइल इन्टरनेट बाहेकको इन्टरनेटमा भने १३ प्रतिशत सेवाशुल्क र १३ प्रतिशत मूल्यअभिबृद्धि कर लाग्छ। सेवा शुल्क लगाउँदा भने मर्मत शुल्कको आधा रकमलाई मात्र करयोग्य मूल्य मानिने व्यवस्था छ।

Related Articles

Back to top button