News

त्रिशुली नदीमा ट्रक खस्यो

त्रिशुली नदीमा ट्रक खस्यो
फाइल तस्वीर
पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित चरौँदी ज्यामिरे घाटबाट मंगलबार त्रिशुलीमा एकजना सवारी चालक बेपत्ता भएका छन्।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ३ ख ८०७४ नम्वरको ट्रक मंगलबार विहान त्रिशुली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। ट्रकमा सवार चालक बाहेक अरु को को थिए भन्ने यकिन नभएको र ट्रकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

नदीको बहाव निकै ठूलो भएकोले ट्रक नदीले बगाएर बेपत्ता भएको अनुमान प्रहरीको छ । बेपत्ता हुने सवारी चालकको पहिचान खुल्न सकेको छैन ।

वीरगन्जबाट काठमाडौंका लागि छुटेका कपडा लोड गरिएको तीन वटा ट्रकमध्ये एउटा ट्रक सम्पर्कमा नआएपछि गरिएको खोजी कार्यमा दुर्घटनामा परेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।

Related Articles

Back to top button