News

मेलम्ची पुग्दा कल्पना दाहालको रुवाबासी, यो के आइलाग्यो यस्तो ? (भिडियो)

काठमाडौँ । मेलम्चीका बाढी पिडितलाई राहत र सहयोग लिएर कल्पना दाहालको टोलि अहिले मेलम्चीमा छ।लगातार १ हप्तादेखि देशैभर परेको अविरल वर्षाको कारण अहिले नेपालको पहाडी र तराई क्षेत्रमा बाढी पहिरोले प्रभाव पारेको छ । बढी पहिरोले गर्दा धेरै घरहरु बिस्थापित हुन पुगेका छन् । अहिले देश भर नै बाढी पहिरोको प्रकोप छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

जिल्ला प्रसासन कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले कम्तिमा २० जना बेपत्ता भएका छन । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । त्यस्तै झोलुंगे तथा पक्कि पुल समेत बाढीले बगाएपछी मानिसको आउने जाने सम्पर्क नै टुटेको छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

“माथिल्लो क्षेत्रमा पनि जोखिम कायमै देखिन्छ, रितेकतेकमाथि पनि स–साना पहिरो गएको जस्तो देखिन्छ तर मौसम नखुलेकोले प्रस्ट देख्न सकिएन,” मन्त्री तामाङले भने ।

बाढीका कारण हेलम्बु–१ को तिम्बु, नागोटे, हल्दे र मेलम्ची १० र ११ जोड्ने चारवटा पक्की पुल, मेलम्ची–हेलम्बु क्षेत्रका पाँचवटा झोलुङ्गे पुल र सातवटा ट्राउट माछा फार्म बगेका छन् ।

मङ्गलबार रातिको बाढीले मेलम्ची बजारलाई बगर बनाउनुका साथै हेलम्बु क्षेत्रमा ठूलो क्षति पुगेको छ । मेलम्चीदेखि तिम्बुसम्मको सडक नदीले कटान गरेको छ । नदीले कतिपय स्थानमा दायाँबायाँ पाँच सय मिटरमाथिसम्म कटान गरेको हेलम्बु–३ का सोम ज्योतिले बताए ।

Related Articles

Back to top button