News

उद्धारका लागि खटाइएका आर्मीलाई रोकेर हेलिकप्टरमा मनाङ हेर्न गए मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल

काठमाडौ । संघिय सरकारले उद्धारका लागि पठाएको सेनाको हेलिकप्टर होल्ड गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मनाङको अवलोकनमा निस्किएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । गृह मन्त्रालयले मनाङ लगायत बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पठाएको हेलिकप्टरमा मुख्यमन्त्री पोखरेल सहित मन्त्री दिपक मनाङे पनि गएका थिए । तत्काल उद्धार र राहत जरुरी रहेको बेला उनीहरुले स्थानीय नेता कार्यकर्तासँग भेटघाट, छलफलका लागि हेलिकप्टर होल्ड गरेका थिए ।

सेनाले तत्कालै उड्नुपर्ने भनिरहेपछि केही समय पर्खिनुस् भन्दै उनले रोकेका थिए । त्यो खबर आएपछि उनको सर्वत्र आलोचना हुन थाल्यो । आलोचना गण्डकीका उनी निकट नेताहरुसम्म पुग्यो । उनीहरुले फोन गरेर हेलिकप्टर छोड्न भने । उद्धार र राहतका लागि खटिने गरि केन्द्र सरकारले पठाएको हेलिकप्टरलाई होल्ड गरेर मुख्यमन्त्री पोखरेलको टोली अवलोकनमा निस्किएपछि सामाजिक सञ्जालमा आलोचना समेत भएको थियो ।

केन्द्र सरकारको पहलमा नेपाली सेनाको हेलिकप्टरले बुधवार मात्रै मनाङ नासोङ गाउँपालिकामा बाढीबाट प्रभावित बनेका करिब सय जनालाई उद्धार गरेको थियो । आज पनि हेलिकप्टर मनाङकै बाढी प्रभावित क्षेत्रमा खटिइरहेको थियो । २४ जना उद्दार गरि बाँकी १८ जना उद्दार गर्न जानुपर्ने हेलिकप्टरलाई मुख्यमन्त्रीले पोखरा बोलाएका थिए । त्यो थाहा पाएपछि सेनाको हेडक्वाटरबाट आपत्ति जनाइएको थियो ।

मुख्यमन्त्री पोखरेल आज दिउसो नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा विमानस्थलबाट मनाङ पुगेका थिए । उनी त्यसबाट नै फर्किने भन्दै हेलिकप्टर होल्डमा राखे । मनाङकै बाढी प्रभावित क्षेत्रहरुमा उद्धार गरिरहेको नेपाली सेनाको हेलिकप्टरलाई मुख्यमन्त्री पोखरेलले पोखरामा होल्ड गराएर केही राहात सामाग्रीसहित अवलोकनका लागि उडेका थिए ।

मनाङको अवलोकनमा निस्किएको र सेनाको उद्धार हेलिकप्टर होल्ड गरेको खबर बाहिर आएपछि उनको चर्को आलोचना भयो । पछि उनले अर्को हेलिकप्टर मगाएर पोखरा फर्किए । तर मौसम खराब भएपछि त्यो हेलिकोप्टर चामेमा फर्किएको छ । उनले फेसबुकमा लेखेका छन् हामी चढेको हेलिकोप्टर मौसम असहज भएपछि फेरि चामेमै फर्केको छ । हामी सबै सुरक्षित छौं ।

Related Articles

Back to top button