News

काठमाडाैं

आइतबार (आज) काठमाडौं उपत्यकामा ३१ सहित देशभर २ सय ४६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३१ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् ।

काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका १ जना गरी कुल ३१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा ८ हजार ८ सय ६१ जनाको नमूना परिक्षण गर्दा २ सय ४६ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित हुने व्यक्तिको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।

त्यस्तै वितेको २४ घन्टामा १ सय ११ जना संक्रमितहरु निको भएर फर्केका छन् । अहिलेसम्म १४ हजार ६ सय ३ जनाले कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।

आइतबारसम्म कोरोनाका सक्रिय बिरामीको संख्या ५ हजार ६ सय ७२ पुगेको छ। जसमध्ये प्रदेश १ मा २५१ जना, प्रदेश २ मा २ हजार १ सय ७५ जना , बागमती प्रदेशमा ६०६ जना, गण्डकी प्रदेशमा २८७ जना, प्रदेश ५ मा ३९६ जना, कर्णाली प्रदेशमा २९३ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ६४ जना रहेका छन्।

त्यस्तै १ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ योसँगै ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

देशभर ३ लाख ९१ हजार २ सय ७० जनाको पीसीआर विधिबाट कोरोना परिक्षण भैसकेको पनि प्रवक्ता गौतमले जानकारी दिए।

Related Articles

Back to top button