News

चर्चित क्रिकेटर सन्दीप लामिछानेको आज जन्मदिन, कति बर्ष पुगे ?

काठमाडौं – नेपालका चर्चित क्रिकेटर तथा राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेको आज जन्मदिन परेको छ । २ अगस्ट २००० मा स्याङजामा जन्मिएका सन्दीप आजबाट २० बर्षमा लागेका छन् ।

आज परेको जन्मदिनको अवसरमा उनलाई शुभकामनाको ओइरो लागेको छ । १६ वर्षको उमेरमा नै राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएका सन्दिपले अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै चर्चा कमाएका छन् । विश्वस्तरीय खेलहरु आईपीएल, सिपिएल, लगायतका प्रतिस्पर्धामा सहभागीता जनाएर चर्चित बनेका उनले नेपालको नाम समेत चिनाइरहेका छन् ।

हाल क्यारेवियन प्रिमियर लिग सिपिएल खेल्नका लागि उनी वेष्ट इण्डिज गएका छन् । उनी यस वर्षका लागि १ करोड ३० लाख रुपैयाँ लिएर सिपिएलमा गएका हुन् । उनलाई जमैका तलावाजले अनुबन्ध गरेको हो । सन्दीपको टोलीको खेल भने १९ तारिखबाट सुरु हुने बताइएको छ।

Related Articles

Back to top button