Intresting

सिंगटी हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट हुँदै, कसरी हेर्ने नतिजा ?

काठमाडौं- सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) आज बिहान ११ बजे बाँडफाँट हुने भएको छ।

कम्पनीले चैत ६ गतेदेखि १० गतेसम्म आम सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको थियो।

कम्पनीको आईपीओ गोलप्रथाद्वारा २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले पाउनेछन् ।

मेरो सेयरमा समस्या आउँदा कम्पनीको आईपीओ बाँडफाँटमा ढिलाइ भएको विक्री प्रबन्धक मेगा क्यापिटलको भनाइ छ।

कम्पनीकोे आईपीओमा मागभन्दा ९ दशमलव १६ गुणा बढी आवेदन परेको छ। १६ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ।

Related Articles

Back to top button