News

पोखरामा तीन सवारीसाधन एक आपसमा ठ’क्कर खादा एकको मृ’त्यु

पोखरा ।। पोखरामा तीन सवारीसाधन ठ’क्कर खादा एक जनाको मृ’त्यु भएको छ ।

पोखरा–३० शिशुवा चोकमा बेगनासबाट शिशुवातर्फ आउँदै गरेको ग१ज २२५८ नं को ट्याक्सीले ग१२प ४७०७ नं को स्कुटरलाई ठ’क्कर दिएपछि विपरीत दिशातर्फ जाँदै गरेको ग१त ४३०४ नं को ट्याक्टरमा ठो’क्किँदा स्कुटरमा सवार व्यक्तिको मृ’त्यु भएको प्रहरीले जानकारी दिएको हो ।

मृ’त्यु हुनेमा पोखरा ३१ भञ्ज्याङका ६५ वर्षीय सोमराज सापकोटा रहेका छन्। प्रहरीका अनुसार उक्त दु’र्घ’टनामा ग’म्भीर घा’इते भएका सापकोटाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृ’त्यु भएको हो ।

ट्याक्टर चालक र ट्याक्सी चालकसहित तीन वटै सवारी साधनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Related Articles

Back to top button