Sport

युरोपा लिगः क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेड विजयी

एजेन्सी – युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगका म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

बिहीबार राति अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब ग्रानाडालाई २–० ले पराजित गरेको हो । युनाइटेडका लागि ३१ औँ मिनेटमा मार्कस रासफोर्ड तथा ९० औँ मिनेटमा पाएको पेनाल्टीमा ब्रूनो फेर्नान्डेसले गोल गरेका हुन् ।

दोस्रो लेग आउँदो बिहीबार म्यानचेस्टर युनाइटेडको मैदानमा हुनेछ । अरु खेलमा रोमाले अजाक्सलाई २–१ तथा भिल्लारियलले डिनामो जाग्रेबलाई १–० ले पराजित गरेको छ ।

Facebook

Related Articles

Back to top button