News

‘दार्चुलामा भीरबाट लडेर एक युवकको मृत्यु’

दार्चुलाको लेकम गाउँपालिकामा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ ।

लेकम गाउँपालिका वडा नम्बर ५ अम्कुर बस्ने देबसिह बोहराका छोरा रामसिह बोहराको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जयपुर सामुदायिक बनमा काठ चिरान गरी बुधबार साझसम्म घर नफर्कदा परिवारको तर्फबाट खोजतलास थालिएको थियो ।

आज (विहिबार) बिहान १० बजे जयपुर सामुदायिक बनमा जेठबहुरानी नजिक भिरबाट लडेर मृत्यु भएको अवस्थामा बोहराको शव फेला परेको प्रहरीले बताएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउद नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।

Related Articles

Back to top button