News

कैलालीमा मोटरसाइकले ठक्कर दिँदा महिलाको मृत्यु

कैलाली- कैलालीको टिकापुरमा मोटरसाइकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

बुधवार टिकापुर १ ब्लक नम्बर १० की ७४ वर्षीया पदमादेवि साउदको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । टिकापुर बजारबाट पार्क रोडतिर तीव्र गतिमा गइरहेको मोटरसाइकलले पैदल हिँडिरहेकी साउदलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन्।

घाइते उनलाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी मधुसूदन न्यौपानेले बताए।
चालक मोटरसाइकलसहित फरार छन्।

Related Articles

Back to top button