News

४ हजार १०० पीसीआर परीक्षण गर्दा २९८ जनामा कोरोना पुष्टि

पछिल्ला दिनहरूमा कोरोना संक्रमण बढ्दो क्रममा छ । सरकारले कोरोना संक्रमणबाट जोगिन भीडभाड नगर्न र मास्क अनिवार्य मात्रमा लगाउन निर्देशन दिइरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १०० पीसीआर परीक्षण गर्दा २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ७६८पुगेको छ ।

बुधबार ७४ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर निको हुनेको संख्या २ लाख ७३ हजार ५२९ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार २०१ जना छन् । जसमध्ये ६५ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको निधन भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ ।

Related Articles

Back to top button